राष्ट्रिय बीमा संस्थानले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्मचारीसहित ७५ जनाले गरे रक्तदान

फागुन २७, काठमाडौं। राष्ट्रिय बीमा संस्थानले आफ्नो ५५औँ बार्षिकोत्सवको शन्दर्भमा शुक्रवार रक्तदान कार्यक्म गरेको छ।  संस्थानको केन्द्रियकार्यलय रामशाह पथमा गरिएको उक्त रक्तदान कार्यक्रममा संस्थानका ७५ जना कर्मचारी तथा अभिकर्ताले रक्तदान गरेका छन् ।    उक्त अवसरमा संस्थानका अध्यक्ष वसन्तराज पाण्डे, निमित्त प्रशासक कृष्ण कुमार श्रेष्ठ, उप महाप्रवन्धक महेश रिमाल लगायतले रक्तदान गर्ने रक्तदातालाई प्रमाणपत्र र मायाँको चिनोले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले संस्थानले संस्थागत सामाजिक उत्तरदायित्व वहन अन्तरगत विगत वर्षहरुमा पनि रक्तदान गरिएको र आगामि दिनमा समेत यस्तै कार्यक्रम गर्दैजाने बताएका थिए ।    

सम्बन्धित सामग्री

समता फाउन्डेसनलाई सिटिजन लाइफको आर्थिक सहयोग

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको सातांै वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । समताले विभिन्न जिल्लाका ८३ विद्यालयमा प्रतिविद्यार्थी मासिक शुल्क रू. १०० मा अध्यापन गराउँदै आएको छ । समताले गरीब तथा जेहेनदार विद्यार्थीलाई सबैभन्दा न्यून शुल्कमा विज्ञान, नर्सिङ विषय लगायत मेडिकल विषयसम्बन्धी शिक्षा प्रदान गर्ने योजना बनाएको बताइएको छ । कम्पनीले यही उद्देश्यमा सघाउन रू. ५ लाख उपलब्ध गराएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले समता फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । वार्षिकोत्सवको अवसरमा कम्पनीका विभिन्न शाखाले बीमा साक्षरता कार्यक्रम, र्‍याली, रक्तदान कार्यक्रम, समुदायका लागि शीपमूलक तालीम, शैक्षिक सामग्रीको अभाव भई शिक्षाबाट वञ्चित विद्यार्र्थीको लागि शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स ३६औं वर्षमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड  ३६औं वर्षमा प्रवेश गरेको छ । ३६औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रम गरेको थियो । कम्पनीले केन्द्रीय कार्यालय काठमाडौंमा  रक्तदान कार्यक्रम, विभिन्न बाल तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम र कर्मचारीबीच खेलकुद कार्यक्रम गरिएको जानकारी दिएको छ । रक्तदान कार्यक्रममा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता थियो भने ३४ ओटा बाल तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत भएकोे कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जीवन बीमा कोषमा रू. ५६ अर्ब जम्मा भएको छ भने चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड रहेको छ । कम्पनीले चालू आर्थिक वर्षमा नेपालगञ्ज शाखा कार्यालयका लागि आफ्नै भवन निर्माण शुरू गरिसकेको छ । ११७ शाखा कार्यालय र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धद्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका […]

भक्तपुरमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर । सन नेपाल लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले पाँचौ वार्षिकोत्सवको अवसरमा बिहीबार सूर्यविनायक चोकमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै शाखाले रक्तदान कार्यक्रम गरेकाे हाे । रक्तदान कार्यक्रम ४६ जनाले रक्तदान गरेको सूर्यविनायक प्रबन्धक भुवन के.सी.ले जानकारी दिनुभयो । साेही कार्यक्रममा प्रबन्धक […]

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् ।  सोही अवसरमा संस्थाले हिमालयन बृद्धा आश्रममा आश्रित ४३ जना बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्

नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश

काठमाडौं (अस) । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्‍याली, कर्मचारीबीच फूटबल, ब्याडमिण्टन, म्युजिकल चेयर लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधि उपचारका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष रोहितकुुमार भट्टराईले संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । कम्पनीले विगत केही वर्षयता आफ्नो सेवा प्रवाह, बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायत सूचकांकमा उल्लेख्य वृद्धि गरेको दाबी गरेको छ ।

नेपाल लाइफ २२ औं वर्षमा, दशकभन्दा लामो अवधिदेखि कार्यरत कर्मचारी सम्मानित

वैशाख २२, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ।  कम्पनीले वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्‍याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीले बताएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले मुलुकका विभिन्न नौ ओटा स्थानमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी ३०२ जनाले रक्तदान गरेको कम्पनीले बताएको छ ।  सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन प्रशिक्षण

काठमाडौ (अस) । हिमालयन जनरल इन्स्योरेन्सले बनेपामा काभ्रे र सिन्धुपलाञ्चोकका प्राविधिकलाई लक्षित गरी कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तीनदिने प्रशिक्षण कार्यक्रममा काभ्रे र सिन्धुपलाञ्चोक तथा अन्य जिल्लाका २३ प्रशिक्षार्थीको सहभागिता थियो । कृषि विभागका वरिष्ठ कृषि प्राविधिक अधिकृत शिवसुन्दर घिमिर (बाली बीमा फोकल पर्सन) र कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी, बीमा समितिका सहायक निर्देशक प्रीति देव र कम्पनीका कर्मचारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले बीमामा क्षति मूल्यांकनकर्ताको भूमिका गहन हुने हुँदा बीमाको सर्त–सुविधा तथा सिद्धान्त अधीनमा रही बीमितको हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए । कम्पनीले काभ्रे, सिन्धुपलाञ्चोकका साथै ललितपुर र बारामा कृषि तथा पशुपक्षी बीमा सेवा प्रदान गर्ने जिम्मेवारी बीमा समितिबाट पाएको छ । मंसिरभित्रै ललितपुर र बारामा पनि कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कम्पनीको लक्ष्य छ । प्रशिक्षणपछि कृषि तथा पशुपक्षी बीमाअन्तर्गत दाबीका सन्दर्भमा क्षति मूल्यांकन गर्न सहज हुनुका साथै यसबाट बीमितलाई छिटोछरिटो दाबी भुक्तानी सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले गत आर्थिक वर्षमा करिब १० हजार २ सय कृषि तथा पशुपक्षी बीमालेख जारी गरी ९ करोड ६४ लाख बीमाशुल्क संकलन गरेको थियो । ६ सय ३४ वटा दाबीबापत ३ करोडभन्दा बढी दाबी भुक्तानी गरेको थिए । हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँस्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम थापागाउँ टोल सुधार समिति र  रोट्रयाक्ट क्लब अफ यलको सहभागितामा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी, बीमितलगायत गरी २१ जना सहभागी थिए । हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको कम्पनीले बताएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यो वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन, सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायत शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष प्रदीपजंग पाण्डेले संस्थाबाट सञ्चालित डिजिटल सिटिजन अभियान, सिटिजन स्वरोजगार अभियान तथा बीमा सचेतना, विद्यार्थीसँग बीमा, गुरु सम्मान कार्यक्रम एवं नवीनतम जीवन बीमा योजना सञ्चालन गरिरहेको जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नियमनकारी निकायबाट जारी निर्देशन पालना र संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको बताए ।