जेठ १७, काठमाडौं । नेको इन्सुुरेन्स जेठ १७ गतेदेखि सेवा सञ्चालनको २६ वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।
उक्त अवसरमा रक्तदान कार्यक्रम एवं बीमा सम्वन्धी सचेतनामूूलक साइकल र्याली, कर्मचारीहरु बीच फुटबल, ब्याटमिन्टन, म्युजिकल चेयरलगायतका विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष रोहित कुुमार भटृराईले सामाजिक उत्तरदायित्व अन्तर्गत बालमन्दिर नक्सालका बालबालिकाहरुको औषधोपचारको लागि सहयोगार्थ २ लाख ५० हजारको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले आगामी दिनहरुमा सामाजिक उत्तरदायित्व बहन गर्दै ग्राहकहरुको सेवामा समयसापेक्ष गुणस्तरीय सेवा प्रदान गर्दै जाने पनि बताएको छ ।
कम्पनीले विगत केही वर्षदेखि आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको बताएको छ ।