वैशाख २२, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ।
कम्पनीले वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीले बताएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले मुलुकका विभिन्न नौ ओटा स्थानमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी ३०२ जनाले रक्तदान गरेको कम्पनीले बताएको छ ।
सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ ।