छुवाछूत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौ वर्षदेखि भोग्दै आएकालाई यसको पीडा भयावह छ । सधैँ चहराइ रहने घाउ भएको छ । आफू मान्छे हुन नपाएको दुःख छ । विश्वव्यापी नियम, कानुन र ऐनले बराबरी भनेको हकदार बन्न नपाउँदाको अभाव खट्केको छ । मान्छे हुन नपाउनुभन्दा अर्को ठूलो पीडा र विस्मय संसारमा अर्को के होला र ? अरु सबैले पढ्ने सरकारी अनुदानबाट सञ्चालित शैक्षिक स्थलमा सहज पहुँच नहुनु र पढ्ने चाह गरेर जाँदा दलित बालबालिका भनेर निकालिनुको दुखाइ कस्तो होला हामी अनुमान मात्र ग