धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको […]

सम्बन्धित सामग्री

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउनु : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै …

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ लगातार उकालो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । लगानीकर्ताहरु यही हप्ता अमेरिकामा सार्वजनिक हुन लागेको महँगीसम्बन्धी तथ्यांकको पर्खाइमा रहेसँगै सुनको भाउले टेवा पाएको हो । अमेरिकी डलर (US Dollar) कमजोर बनेर सुनको माग बढ्दा पनि भाउले भने टेवा पाएको विश्लेषण गरिएको हो ।  सोमवार बिहानी कारोबारदेखि नै न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ हरियोमा थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार राति ९ः३५ बजेतिर न्यूयोर्क कोमेक्समा स्पट गोल्ड (Spot Gold) को भाउ शून्य दशमलव ५६ प्रतिशतले बढेर प्रतिऔंस २ हजार २८ डलर ६३ सेन्टमा किनबेच भइरहेको थियो । उक्त दिन सुन उच्चतम् प्रतिऔंस २ हजार ५१ डलरसम्म पुगेको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स (US Gold Futures) पनि शून्य दशमलव २ प्रतिशतले नै बढेर २ हजार २८ डलर २० सेन्टमा थियो । गएको हप्ता भने सुनको भाउ शुरुतिर ह्वात्तै बढेर ओरालो लागेको थियो । अप्रिलमा अमेरिकामा रोजगारी सृजना बढेको डेटा सार्वजनिक भएपछि गएको हप्ता सुनको भाउ कीर्तिमानी उच्च स्तर नजिकबाट ३ प्रतिशत घटेको थियो ।  तर आसन्न आर्थिक मन्दी (Recession) अनि फेडले ब्याजदर घटाउने आशाबीच अहिले पनि सुनको भाउले टेवा पाइरहेको छ । फेडले जुनको नीतिगत बैठकमा ब्याजदर अहिलेकै स्तरमा राख्ने सम्भावना ९१ प्रतिशत भएको बजार विश्लेषकहरुले बताएको सीएमईको फेड वाच टूलले देखाएको छ । सोमवार लगातार दोस्रो दिन पनि डलर सूचक घटेको थियो । योसँगै डलरधारकहरुका लागि सुनप्रतिको आकर्षण बढेको थियो ।  अमेरिकाको उपभोक्ता मूल्य सूचक (CPI)को डेटा बुधवार सार्वजनिक हुँदैछ । मुद्रास्फीति सुस्ताएको तथ्यांकले देखायो भने फेड (Fed) ले ब्याजदर घटाउने अनि डलर थप कमजोर बन्ने अनुमान गरिएको छ । यस्तो भयो भने सुनको भाउ पुनः उकालो लाग्न थाल्ने विश्लेषक अनि व्यापारीहरु बताउँछन् । अहिले व्यापारी र लगानीकर्ताहरुको आँखा अमेरिकाको बैंकिङ क्षेत्र र कर्जा सीमामा पनि छ । आइतवार अमेरिकी अर्थ मन्त्री जेनेट येलेनले एउटा चेतावनी जारी गर्दै कर्जा सीमाबारे संसदमा सहमति भएन भने संवैधानिक संकट निम्तने चेतावनी दिएकी थिइन् ।  अमेरिकी अर्थतन्त्रमा कमजोरीको संकेतले सुनको भाउलाई टेवा दिने अनि भाउ छिटै प्रति औंस २ हजार १ सय डलरतिर लाग्ने अनुमान म्यारेक्समा धातु विश्लेषक एडवर्ड मेयर भन्छन् । सोमवार विश्व बजारमा चाँदी, प्लाटिनमको भाउ पनि बढेका थिए । तर यो समाचार तयार पार्दाखेरि चाँदीको भाउमा झिनो कमी आउँदा प्लाटिनम र पालाडियमको भाउमा उच्च वृद्धि देखिएको थियो । एजेन्सी