गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरे ।बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायु