भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही विवाद र चर्चामा आइरहन्छन् । राप्रपाको कार्यसम्पादन समितिमा रहेका उनी चुनावको मुखमा जिल्ला केन्द्रित छन् । सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आक्रमण’ भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनेको छ ।बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्रहार भएको उक्त भिडियोमा भनिएको छ । जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आल