गत असार १ गते अविरल वर्षापछि आएको बाढीले तिमाङ खोलाको ‘बेलीब्रिज’ भत्कियो । पुल भत्किएसँगै मनाङ जाने मुख्य बाटो अहिलेसम्म अवरुद्ध छ ।
सडक मर्मत गरी आकस्मिक रूपमा एकतर्फी सञ्चालन गर्ने भनिए पनि यो पुल सञ्चालनमा आउन सकेको छैन ।
यसले केही समय लिने सडक विभागअन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक इञ्जिनीयर दीपक श्रेष्ठले लोकान्तरलाई बताए ।
निर्माण सम्पन्न भएपछि सञ्चालनमा पनि आइसकेको यो पुल मनसुन शुरू हुनेबित्तिकै बाढीले भत्काएको हो ।
यस्तै सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको लिपिङ खोलाको पुललाई पन...