म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए । &ldq