सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच(छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, &

सम्बन्धित सामग्री

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख, २६ असोज । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । दैनिक पाँच सयभन्दा बढी नागरिक आवतजावत गर्ने उक्त पुल निर्माणमा ढिलाइ हुदाँ वर्षाको समयमा काप्रीखोला […]

इलामको फेवा खोलामा पुल नबन्दा बर्षामा जोखिम मोलेर स्थानीय वारपार गर्न बाध्य

इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार गरेपनि वर्षामा भने स्थानीयले सास्ती खेप्दै आएका छन् । नेताले जितेर गए । तर, माङसेबुङ्गलाई चटक्कै बिर्सिए । चुनाव लाग्ने लाग्ने बेला आउछन् तर जितेर […]

पुल नबन्दा विद्यार्थी र सेवाग्राही मर्कामा

मनाङ, २२ जेठ । हिमाली जिल्ला मनाङ बाढीपहिराबाट गुज्रिएको दुई वर्ष पूरा भयो । बाढीपहिरापश्चात् मानिसलाई सामान्य बसोबासका लागि मात्रै संरचना निर्माण गरियो । केही मानिसले व्यक्तिगतरुपमा नै मर्मत गरेर बसोबास गरेका छन् । केही सामाजिकरुपमा अत्यावश्यक संरचनाको न त मर्मत हुन सकेको छ न त निर्माण नै । मनाङमा बाढीपहिराले अधिकांश क्षेत्रमा क्षति पु¥याए […]

पुल नबन्दा नागरिकलाई सास्ती

काठमाडौँ,११ माघ । दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् […]

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । पुलकै कारण […]

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि […]

पुल नबन्दा आवागमनमा समस्या

राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]

पुल नबन्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य

तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]

पुल नबन्दा तकसेरामा सास्ती

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ मा पर्ने उत्तरगंगा नदीमा पुल नबन्दा वर्षायाममा नदी वारपार गर्न सास्ती भएको छ।पुथाउत्तरगंगा–१० को तक र वडा नम्बर ११ सेराको बीच भएर बगिरहेको उत्तरगंगामा पुल नबन्दा वर्षायाममा नागरिकले आवतजावत र ढुवानीमा सास्ती पाउँदै आएका छन्। हरेक वर्ष वर्षा सुरु भएदेखि कात्तिकसम्म सवारीसाधनले नदी तर्न नसक्दा नागरिकलाई आवतजावतमा मर्का परिरहेको स्थानीय वीरप्रताप बुढा मगरले बताए।यो वर्ष पनि हालसम्म गाडीले नदी तर्न सकेका छैनन्। यो सहिद मार्गअन्तर्गतको रुकु