काठमाडौं : आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो।नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए। रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे।कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सक