यातायात व्यवस्था सेवा कार्यालय चितवनद्वारा १० महीनामा ६४ करोडभन्दा बढी राजस्व संकलन

जेठ १९, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आर्थिक बर्ष ०७८/७९ मा ६४ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार चालू आवको ०७८/७९को साउनदेखि वैशाखसम्म कुल ६४ करोड ३५ लाख ४४ हजार ६२५ रुपैयाँ आम्दानी गरेको हो ।  कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शीर्षकबाट आम्दानी गर्दै आएको छ ।  सबैभन्दा बढी राजस्व संकलन चैतमा कार्यालयले सबै शीर्षक गरी चालू आवको साउनदेखि वैशाख महीनाको अवधिमा सबैभन्दा बढी राजस्व संकलन चैत महीनामा गरेको छ भने कम वैशाखमा गरेको छ ।  जसअनुसार चैत महीनामा ८ करोड ७६ लाख ४४ हजार २२ रुपैयाँ राजस्व संकलन भएको थियो भने वैशाख महीनामा ३ करोड ५७ लाख ५१ हजार २६० रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले साउन महीनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैयाँ, भदौ महीनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयाँ, असोज महीनामा ६ करोड ३५ लाख ८७ हजार ९८४ रुपैयाँ, कार्तिक महीनामा ६ करोड ७६ लाख ९६ हजार ४९८ रुपैयाँ संकलन गरेको छ ।  यसैगरी कार्यालयले मंसिर महीनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैयाँ, पुसमा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैयाँ, माघ महीनामा ५ करोड ९१ लाख १२ हजार ४७८ र फागुन महीनामा ६ करोड १८ लाख १८ हजार २१ रुपैयाँ राजस्व संकलन गरेको हो ।  कार्यालयका प्रमुख विनोद पौडेलले जुनसुकै महीनामा सवारी दर्ता गरेपनि त्यसको जरीवाना नलाग्ने र नवीकरण गर्ने अन्तिम म्याद चैत्र मसान्तसम्म भएकोले चैत्र महीनामा अन्य महीनाभन्दा बढी राजस्व संकलन हुने बताए ।  ‘वार्षिक सवारी कर तिर्ने अन्तिम म्याद चैत्र मसान्त हो, त्यसले गर्दा चैतमा बढी हुन्छ, उनले भने, वैशाख महीनामा तिर्नुपर्ने सेवाग्राहीले पनि अग्रिम चैत महीनामा नै तिर्ने हुनाले वैशाखमा राजस्व संकलन कम देखिएको हो ।’  यो चालू आवमा कार्यालय नियमित खुलेको कारणले १० महीनामानै लक्ष्य भेट्न लागेको पौडेलको भनाइ छ । ‘अघिल्ला वर्षहरुमा कोभिडले गर्दा कार्यालय नियमित खुल्न पाएन, अहिले अघिल्ला वर्षमा नवीकरण गर्नुपर्ने सेवाग्राही पनि थपिएका छन् ।  सेवा विस्तार पनि भएको छ । सवारीसाधनको संख्या पनि हरेक वर्ष बढेको छ ।’ उनले भने । कार्यालयले यो आवको असार मसान्तसम्म ६५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो तर दुई महीनाअघि वैशाख महीनामै लक्ष्य बराबरको राजस्व संकलन गर्न सकेको हो ।  नयाँ आर्थिक वर्षबाट नयाँ सवारी लाईसेन्स वितरण गरिने  कार्यालयले नयाँ चालक अनुमतिपत्र नयांँ आर्थिक वर्ष ०७९/८० को साउन महीनाबाट शुरु गरिने जानकारी दिएको छ । कार्यालयका प्रमुख पौडेलले यसको लागि प्रक्रिया शुरु भइसकेको र निजी ट्रायल सेन्टरको बीड प्रक्रिया अघि बढेको जानकारी दिए । ‘अहिले ट्रायल सेन्टरको लागि बीड आह्वान प्रक्रिया गरेर अघि बढेका छौं उनले भने, संभवत आउँदो साउनबाट नयाँ सवारी चालक अनुमति यहीबाट प्राप्त हुन्छ ।’ हाल ६ ओटा ट्रायल सेन्टरले बीड आवेदन दिएका छन् । मन्त्रालयको मापदण्ड पुगेका ट्रायल सेन्टरमध्ये जुन ट्रायल सेन्टरले न्यून बीडमा आवेदन दिएका छन् सोही सेन्टर छनौटमा पर्ने पौडेलले बताए । 

सम्बन्धित सामग्री

तीन वर्षमा ६५ करोड राजस्व संकलन

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले साढे तीन वर्षमा करिब ६५ करोड राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षको फागुनसम्म ६४ करोड ७२ लाख ७७ हजार २६१ रुपैयाँ राजस्व संकलन गरेको हो । आव २०७६/०७७ मा १० करोड ७३ लाख ३० हजार ६४७ राजस्व संकलन गरेको कार्यालयले ०७७/०७८ मा झण्डै […]

६ महीनामा यातायात व्यवस्था कार्यालय चितवनले संकलन गर्‍यो ४० करोड राजस्व

माघ ६, चितवन । चालू आर्थिक वर्ष ०७८/७९ को ६ महीनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनमा झण्डै ४० करोड संकलन भएको छ ।  कार्यालयका अनुसार चालू आवको पुस मसान्तसम्म कार्यालयले सबै शीर्षकमा गरी ३९ करोड ९२ लाख १८ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको हो ।  कार्यालयले मुख्यतः यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शीर्षकमा कर संकलन गर्दै आएको छ । कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शीर्षकमा कर संकलन गर्ने गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरीवानाबाट असुलेको छ ।  जसअनुसार सवारीसाधन कर शीर्षकमा सो अवधिमा ३२ करोड २८ लाख ९७ हजार १२६ रुपैयाँ र प्रशासनिक दण्ड जरीवानाबाट ५६ लाख ४६ हजार ३८६ रुपैयाँ कर संकलन गरेको छ ।  यस्तै, यातायात क्षेत्रको आम्दानीबाट २ करोड ८६ लाख ६८ हजार ४६० रुपैयाँ, सवारी दस्तुरबाट २ करोड ७३ लाख ७९ हजार ६०१ रुपैयाँ, र आयकर शीर्षकबाट १ करोड ४६ लाख २७ हजार २७० रुपैयाँ संकलन गरेको छ ।  सबैभन्दा बढी संकलन साउनमा कम भदौमा  कार्यालयले दिएको तथ्यांक अनुसार चालू आवको पुसससम्म सबैभन्दा बढी कर संकलन साउनमा भएको छ भने सबैभन्दा कम भदौ महीनामा संकलन भएको छ ।  जस अनुसार साउन महीनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैयाँ र भदौ महीनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयाँ संकलन भएको छ । यस्तै असोज महीनामा ६ करोड ३५ लाख ८७ हजार ९८४, कात्तिकमा ६ करोड ७६ लाख ९६ हजार ४९८, मंसिर महीनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैयाँ र पुस महीनामा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैयाँ राजस्व संकलन गरेको छ ।  कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी कर संकलन  हुने गरेको बताए । ‘चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीनाभन्दा बढी राजस्व संकलन हुन्छ पौडेलले भने, भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको हो ।’ कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।   अहिले चालक अनुमति पत्र नवीकरणबाट पनि थप आम्दानी भएकोले लक्ष्यभन्दा बढीनै राजस्व संकलन हुने प्रमुख पौडेलको भनाइ छ । हाल कार्यालयले भीडभाड र कोरोना जोखिम कम गर्न सवारी चालक अनुमतिपत्र लाइसेन्स तथा सवारी नवीकरणका लागि कार्यालयको वेबसाइट मार्फत अनलाइन टोकन प्रणाली शुरु गरेको छ ।  कार्यालयमा गत महीनादेखि नै लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन शुरु गरिएको थियो ।

यातायात कार्यालय चितवनको ५ महीनाको आम्दानी साढे ३१ करोड

पुस ११, चितवन । चालू आर्थिक वर्ष ०७८/७९ को ५ महीनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनले झण्डै साढे ३१ करोड संकलन गरेको छ ।  कार्यालयले दिएको तथ्यांक अनुसार चालू आवको साउनदेखि मंसिरसम्म ३१ करोड ४८ लाख ६६ हजार ६२० रुपैयाँ संकलन गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।  सबैभन्दा बढी आम्दानी साउनमा, भदौमा कम कार्यालयले यो ५ महीनाको अवधिमा सबैभन्दा बढी आम्दानी साउनमा गरेको छ भने कम भदौमा गरेको छ । कार्यालयका अनुसार साउन महीनामा ७ करोड ७९ लाख ५ हजार ९३० रुपैयाँ र भदौ महीनामा ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ राजस्व संकलन गरेको हो ।  यस्तै असोज महीनामा ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ, कात्तिक महीनामा ६ करोड ५२ लाख १ हजार २४८ रुपैयाँ  र मंसिरमा ६ करोड ९७ लाख ९६ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो ।  कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी आम्दानी हुने गरेको बताए । ‘चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीना भन्दा बढी राजस्व संकलन हुन्छ पौडेलले भने, भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको हो ।’ कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।  ‘पाँच महीनामा नै हाम्रो आम्दानी ३१ करोड नाघेको छ, उनले भने, अहिले चालक अनुमतिपत्र नवीकरणबाट पनि थप आम्दानी भएको छ । लक्ष्यभन्दा बढीनै संकलन हुन्छ ।’ कार्यालय प्रमुख पौडेलले भने ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडले घट्यो

असोज १६, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को साउन महीनाभन्दा भदौ महीनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयाँले कम संकलन भएको  हो ।  साउन महीनामा कार्यालयले सबै शीर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैयाँ संकलन गरेको थियो भने भदौ महीनामा यो अनुपात घटेर ४करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ मात्र संकलन गरेको छ ।  कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।  सबैभन्दा बढी आम्दानी सवारीसाधन करबाट  कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शीर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महीनामा यस शीर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी भएको छ ।  यस्तै चालक अनुमति पत्र एवम् सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख  १५ लाख ४ हजार ८१० रुपैयाँ आम्दानी गरेको छ । बेरुजु शीर्षक र प्रशासनिक दण्ड जरीवानाबाट कुनै रकम संकलन भएको छैन ।  कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भीडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजस्व संकलनमा कमी आएको बताए । ‘भदौमा १० दिन बन्द हुँदा आम्दानी स्वतः एक तिहाईले नै घट्ने भयो ।’ उप्रेतीले भने ।  कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्याधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजस्व संकलन भएको उनले जानकारी दिए । ‘असारमा भन्दा साउनमा राजस्व संकलन त केही कम हुन्छ उनले भने, नयाँ आर्थिक वर्षमा राजस्व तिर्ने सवारीधनीको चाप पनि उत्तिकै हुन्छ ।’  कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए ।

यातायात व्यवस्था सेवा कार्यालय : साउनमा साढे ७ करोड राजस्व संकलन

चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले साढे ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सवारीसाधन कर शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन भएको भने चालक अनुमतिपत्र कर सबैभन्दा कम संकलन गरेको छ । सवारीसाधन कर शीर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयाँ, चालक अनुमति नवीकरण र सवारी दस्तुर किताब गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन गरेको हो । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयाँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउनमा कुनै रकम असुली भएको छैन । कार्यालय प्रमुख सुवास उप्रेतीले साउनमा निषेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रूपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । यसैबीच, चितवनको भरतपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुआती निर्णय गरेका हुन् । अनुमतिपत्र निर्णय गरिए पनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भए पनि सेवा भने शुरू भइनसकेको बताए । ‘निर्णय चाहिँ भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषय टुंगिन बाँकी नै छ,’ उप्रेतीले भने । निषेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ई–टोकन प्रणाली लागू गरेको छ । ई–टोकन एमओडट बागमतीडट जीओभी डट एनपीमा गएर सेवा लिन सकिनेछ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणाली शुरू गरिएको बताए । उनका अनुसार अनलाइनबाट सेवाग्राहीले आफू अनुकूल मिति र समयमा सेवा लिन सक्नेछन् । ‘यो प्रणालीले भीड व्यवस्थापन, कोरोना जोखिम न्यूनीकरण र समयको सदुपयोग पनि हुन्छ,’ उनले भने । हाल यस कार्यालयमा दैनिक ५०० भन्दा बढीले सेवा लिँदै आएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनको साउन महीनाको आम्दानी साढे ७ करोड

भदौ १०, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आवको साउन महीना ७ करोड रुपैयाँ संकलन गरेको छ ।   कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम चालक अनुमति पत्रबाट कर संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयांँ र चालक अनुमति नवीकरण र सवारी दस्तुर किताव गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन भएको छ ।  यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयांँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउन महीनामा कुनै रकम असुल भएको छैन ।  कार्यालय प्रमुख सुवास उप्रेतीले साउन महीनामा निषेधाज्ञाका बीच कार्यालय  नियमित खुलेकोले अपेक्षित रुपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा  ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।    चालक अनुमति पत्र नविकरण गर्ने तयारी    अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुवाती निर्णय गरेका हुन् । अनुमतिपत्र नविकरण गर्ने निर्णय भएपनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भएपनि सेवा भने शुरु भइनसकेको बताए । ‘निर्णय चाहीं भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका कुराहरु पनि बाँकी नै छ’, उप्रेतीले भने ।  निषेधाज्ञाका  र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ईटोकन प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको बताए । उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिन सक्ने छन् । र सोही समयमा गएर उनीहरुले सेवा लिन सक्नेछन । ‘यो प्रणालीले भीड व्यवस्थापन पनि हुन्छ, कोरोना जोखिम न्यूनिकरण पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ’ उप्रेतीले भने ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनले संकलन गर्‍यो ५७ करोड राजस्व

साउन ५, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आर्थिक वर्ष २०७७/ ०७८ मा करीब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा ५६ करोड ९५ लाख ७४ हजार २ रुपैयाँ संकलन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयाँ संकलन गरेको थियो ।  निषेधाज्ञाका कारण कार्यालयले ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने अपेक्षा गरेपनि कर संकलन सन्तोषजनक रहेको बताएको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर र सवारी दस्तुर शिर्षकबाट कर संकलन गर्दै आएको छ ।  जसअनुसार अघिल्लो आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९४ रुपैयाँ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयाँ कर संकलन गरेको छ ।  यस्तै यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९६२ रुपैयाँ राजस्व संकलन भएको छ भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८८१ रुपैयाँ संकलन भएको छ । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले  निषेधाज्ञाका कारण वैशाख १६ गतेदेखि असार १६ गतेसम्म दुई महीना कार्यालय बन्द भएकोले कर संकलन अपेक्षित रुपमा नभएको बताए ।   ‘दुई महीना त राजस्व संकलन त शून्यनै भयो । कतिपय जिल्लामा गत वर्षबाटनै सेवा कार्यालय पनि स्थापना भए’, उनले भने, ‘जुन प्रदेशमा सवारीसाधन दर्ता भयो, त्यहींमात्र कर तिनुपर्ने नियम लागू भयो ।’ चितवन देशकै केन्द्र विन्दुमा भएपनि नवलपुरको कावासोती, तनहुँको  आँबुखैरहनीलगायतका स्थानहरुमा  सेवा कार्यालय शुरु भएकोले राजस्व संकलन नबढेको उनले बताए । गत वर्षको अन्तिम महीनाबाट सवारीसाधन दर्ता गर्न पाउने अनुमति पाएपनि त्यो काम शुरु गर्न नसक्दा पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

यातायात व्यवस्था सेवा कार्यालयले भोलिदेखि तीन ओटा सेवा शुरु गर्दै

असार ७, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय सानोभर्‍याङ्गले मंगलवारदेखि तीन ओटा सेवा शुरु गर्ने बताएको छ । कोरोना संक्रमणका कारण लागू गरिएको निषेधाज्ञाका कारण उक्त कार्यालयको सेवा पनि बन्द हुन पुगेको थियो । कोभिड–१९ का कारण स्थगन भएको सेवा स्वास्थ्य मापदण्डको पालना गर्दै शुरु गर्न लागिएको उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कार्यालयका अनुसार अव सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन र सवारी चालक अनुमतिपत्र वितरण सेवा दिइने छ । अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहने पनि उक्त कार्यालयले बताएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरको ९ महीनाको आम्दानी ५० करोड ६० लाख

वैशाख ७, चितवन । चालू आर्थिक वर्ष ०७७/७८ को ९ महीनामा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ५० करोड ६० लाखभन्दा बढी आम्दानी गरेको छ ।  कार्यालयका अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा  कार्यालयले कुल ५० करोड ६० लाख ६६ हजार १०२ रुपैयाँ आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर, सवारी दस्तुर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ ।  जसअनुसार चालू आवको चैत्र महीनामा सबैभन्दा बढी ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महीनामा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुँदै जादा र यातायात पूर्णरुपमा सुचारु भएसँगै हालसम्म राजस्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महीनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजस्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महीनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महीनाको भन्दा बढी राजस्व उठ्ने गर्छ ।’   यस्तै कार्यालयले साउन महीनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयाँ, असोज महीनामा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाँ, कात्तिक महीनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ ।  यस्तै मंसीर महीनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयाँ, पुस महीनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयाँ, माघ महीनामा ४ करोड ८५ लाख ५१ हजार १७२ रुपैयाँ, फागुन महीनामा ४ करोड १८ लाख ७२ हजार ८६३ र चैत्र महीनामा ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ संकलन गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालय, वाग्मती प्रदेशले कार्यालयलाई चालू आवका लागि ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक वर्ष सकिनु तीन महीना अघि नै लक्ष्य पूरा गरिसकेको छ ।  उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जाँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही वृद्धि भएका कारण विगतका वर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो ।  तर, दोस्रो लहरको कोरोना संक्रमणको कारण वैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्रसम्म हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, ‘यो आर्थिक वर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महीनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’ हाल यस कार्यालयमा वाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर संकलन गर्न पाउनेछन् ।