असार ७, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय सानोभर्याङ्गले मंगलवारदेखि तीन ओटा सेवा शुरु गर्ने बताएको छ ।
कोरोना संक्रमणका कारण लागू गरिएको निषेधाज्ञाका कारण उक्त कार्यालयको सेवा पनि बन्द हुन पुगेको थियो । कोभिड–१९ का कारण स्थगन भएको सेवा स्वास्थ्य मापदण्डको पालना गर्दै शुरु गर्न लागिएको उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यालयका अनुसार अव सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन र सवारी चालक अनुमतिपत्र वितरण सेवा दिइने छ । अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहने पनि उक्त कार्यालयले बताएको छ ।