यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडले घट्यो

असोज १६, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को साउन महीनाभन्दा भदौ महीनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयाँले कम संकलन भएको  हो ।  साउन महीनामा कार्यालयले सबै शीर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैयाँ संकलन गरेको थियो भने भदौ महीनामा यो अनुपात घटेर ४करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ मात्र संकलन गरेको छ ।  कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।  सबैभन्दा बढी आम्दानी सवारीसाधन करबाट  कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शीर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महीनामा यस शीर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी भएको छ ।  यस्तै चालक अनुमति पत्र एवम् सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख  १५ लाख ४ हजार ८१० रुपैयाँ आम्दानी गरेको छ । बेरुजु शीर्षक र प्रशासनिक दण्ड जरीवानाबाट कुनै रकम संकलन भएको छैन ।  कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भीडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजस्व संकलनमा कमी आएको बताए । ‘भदौमा १० दिन बन्द हुँदा आम्दानी स्वतः एक तिहाईले नै घट्ने भयो ।’ उप्रेतीले भने ।  कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्याधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजस्व संकलन भएको उनले जानकारी दिए । ‘असारमा भन्दा साउनमा राजस्व संकलन त केही कम हुन्छ उनले भने, नयाँ आर्थिक वर्षमा राजस्व तिर्ने सवारीधनीको चाप पनि उत्तिकै हुन्छ ।’  कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए । 

सम्बन्धित सामग्री

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

सप्तरी स्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो  कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा शुभारम्भ गरे । कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठ स्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिए ।प

विराटनगरबाट लाइसेन्स नवीकरण

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स (सवारी चालक अनुमतिपत्र)नवीकरण सुरु गरेको छ।...

कपिलवस्तुमा खुल्यो यातायात व्यवस्था सेवा कार्यालय

कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ ।  कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गरेका छन् ।  कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नवीकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट इजाजत लगायतको सेवा दिइने छ । सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री ...

कपिलवस्तुको तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले रिवन काटेर कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।...

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

४ फागुन, बुटवल । कपिलवस्तुको सदरमुकाम तौलिहवामा लुम्बिनी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गरेका छन् । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी […]

यातायात व्यवस्था सेवा कार्यालय चितवन : तीन महीनाको आम्दानी १८ करोड

असोज ५, चितवन । चालू आर्थिक वर्ष ०७८/७९को तीन महीनामा यातायात व्यवस्था कार्यालयले झण्डै १८ करोड आम्दानी गरेको छ ।  कार्यालयको तथ्यांक अनुसार चालू आवको साउन, भदौ र असोजमा कार्यालयले १७ करोड ९८ लाख ६८ हजार ५९३ रुपैयाँ आम्दानी गरेको हो । जस अनुसार सबै शीर्षकमा गरी कार्यालयले साउन महीनामा ७ करोड ४७ लाख ९५ हजार ९३० आम्दानी गरेको थियो । यस्तै भदौ महीनामा कार्यालयले कुल ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ आम्दानी गरेको थियो भने असोज महीनामा कार्यालयले ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ आम्दानी गरेको छ ।  कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर र सवारी दस्तुर शीर्षकमा कर संकलन गर्दै आएको छ । जसअनुसार तीन महीनामा यातायात क्षेत्रको आम्दानीबाट १ करोड ५१ लाख ९३ हजार ९२५ रुपैयाँ, प्रशासनिक दण्ड जरीवाना शीर्षकबाट तीन महीनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ, सवारी साधन कर शीर्षकबाट सो अवधिमा १५ करोड ३५ लाख १६ हजार ८६८ रुपैयाँ र सवारी दस्तुर कर शीर्षकमा तीन महीनामा ९२ लाख २५हजार ५ रुपैयाँ आम्दानी गरेको छ ।  आम्दानीमा न्यून वृद्धि  कार्यालयको चालू आवको भदौ महीनामाभन्दा असोज महीनाको आम्दानीमा न्यून वृद्धि भएको छ ।  तथ्यांक अनुसार भदौ महीनामा यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ४५ लाख ४ हजार ८१० रुपैयाँ गरेको थियो भने यही शीर्षकमा असोज महीनामा ३६ लाख ६९ हजार २७५ रुपैयाँ आम्दानी गरेको छ ।  यस्तै भदौ महीनामा प्रशासनिक दण्ड जरीवाना शीर्षकमा कुनै पनि आम्दानी नगरेको कार्यालयले असोज महीनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ आम्दानी, सवारी साधन कर शीर्षकमा भदौ महीनामा ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी गरेकोमा सोही शीर्षकमा असोज महीनामा ५ करोड २२ लाख ७८ हजार ६८९ आम्दानी र भदौ महीनामा सवारी दस्तुर कर शीर्षकबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेकोमा असोज महीनामा ३५ लाख ७६हजार छसय रुपैयाँ आम्दानी गरेको छ ।  कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा १० दिन निषेधाज्ञाका कारण कार्यालयल बन्द भएकोले आम्दानी कम भएको बताए । ‘भदौमा १० दिन कार्यालय बन्द भयो । असार मसान्तमा तिर्न नभ्याएकाले श्रावणमा तिरे । असोजमा चाडपर्व परेपनि भदौको भन्दा आम्दानीमा केही वृद्धि भयो ।’ उप्रेतीले भने । कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण र नवीकरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए  ।

यातायात व्यवस्था सेवा कार्यालय : साउनमा साढे ७ करोड राजस्व संकलन

चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले साढे ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सवारीसाधन कर शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन भएको भने चालक अनुमतिपत्र कर सबैभन्दा कम संकलन गरेको छ । सवारीसाधन कर शीर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयाँ, चालक अनुमति नवीकरण र सवारी दस्तुर किताब गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन गरेको हो । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयाँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउनमा कुनै रकम असुली भएको छैन । कार्यालय प्रमुख सुवास उप्रेतीले साउनमा निषेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रूपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । यसैबीच, चितवनको भरतपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुआती निर्णय गरेका हुन् । अनुमतिपत्र निर्णय गरिए पनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भए पनि सेवा भने शुरू भइनसकेको बताए । ‘निर्णय चाहिँ भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषय टुंगिन बाँकी नै छ,’ उप्रेतीले भने । निषेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ई–टोकन प्रणाली लागू गरेको छ । ई–टोकन एमओडट बागमतीडट जीओभी डट एनपीमा गएर सेवा लिन सकिनेछ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणाली शुरू गरिएको बताए । उनका अनुसार अनलाइनबाट सेवाग्राहीले आफू अनुकूल मिति र समयमा सेवा लिन सक्नेछन् । ‘यो प्रणालीले भीड व्यवस्थापन, कोरोना जोखिम न्यूनीकरण र समयको सदुपयोग पनि हुन्छ,’ उनले भने । हाल यस कार्यालयमा दैनिक ५०० भन्दा बढीले सेवा लिँदै आएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनको साउन महीनाको आम्दानी साढे ७ करोड

भदौ १०, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आवको साउन महीना ७ करोड रुपैयाँ संकलन गरेको छ ।   कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम चालक अनुमति पत्रबाट कर संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयांँ र चालक अनुमति नवीकरण र सवारी दस्तुर किताव गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन भएको छ ।  यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयांँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउन महीनामा कुनै रकम असुल भएको छैन ।  कार्यालय प्रमुख सुवास उप्रेतीले साउन महीनामा निषेधाज्ञाका बीच कार्यालय  नियमित खुलेकोले अपेक्षित रुपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा  ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।    चालक अनुमति पत्र नविकरण गर्ने तयारी    अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुवाती निर्णय गरेका हुन् । अनुमतिपत्र नविकरण गर्ने निर्णय भएपनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भएपनि सेवा भने शुरु भइनसकेको बताए । ‘निर्णय चाहीं भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका कुराहरु पनि बाँकी नै छ’, उप्रेतीले भने ।  निषेधाज्ञाका  र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ईटोकन प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको बताए । उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिन सक्ने छन् । र सोही समयमा गएर उनीहरुले सेवा लिन सक्नेछन । ‘यो प्रणालीले भीड व्यवस्थापन पनि हुन्छ, कोरोना जोखिम न्यूनिकरण पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ’ उप्रेतीले भने ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनले संकलन गर्‍यो ५७ करोड राजस्व

साउन ५, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आर्थिक वर्ष २०७७/ ०७८ मा करीब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा ५६ करोड ९५ लाख ७४ हजार २ रुपैयाँ संकलन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयाँ संकलन गरेको थियो ।  निषेधाज्ञाका कारण कार्यालयले ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने अपेक्षा गरेपनि कर संकलन सन्तोषजनक रहेको बताएको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर र सवारी दस्तुर शिर्षकबाट कर संकलन गर्दै आएको छ ।  जसअनुसार अघिल्लो आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९४ रुपैयाँ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयाँ कर संकलन गरेको छ ।  यस्तै यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९६२ रुपैयाँ राजस्व संकलन भएको छ भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८८१ रुपैयाँ संकलन भएको छ । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले  निषेधाज्ञाका कारण वैशाख १६ गतेदेखि असार १६ गतेसम्म दुई महीना कार्यालय बन्द भएकोले कर संकलन अपेक्षित रुपमा नभएको बताए ।   ‘दुई महीना त राजस्व संकलन त शून्यनै भयो । कतिपय जिल्लामा गत वर्षबाटनै सेवा कार्यालय पनि स्थापना भए’, उनले भने, ‘जुन प्रदेशमा सवारीसाधन दर्ता भयो, त्यहींमात्र कर तिनुपर्ने नियम लागू भयो ।’ चितवन देशकै केन्द्र विन्दुमा भएपनि नवलपुरको कावासोती, तनहुँको  आँबुखैरहनीलगायतका स्थानहरुमा  सेवा कार्यालय शुरु भएकोले राजस्व संकलन नबढेको उनले बताए । गत वर्षको अन्तिम महीनाबाट सवारीसाधन दर्ता गर्न पाउने अनुमति पाएपनि त्यो काम शुरु गर्न नसक्दा पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

तस्वीर : सुनसान अवस्थामा यातायात व्यवस्था सेवा कार्यालय

काठमाडौं सानोभर्‍याङ्गस्थित यातायात व्यवस्था सेवा कार्यालयमा आइतवार अपरान्ह देखिएको सुनसान दृष्य । दिनहुँ जसो सयौं सेवाग्राहीको चहलपहल रहने उक्त कार्यालय निषेधाज्ञा शुरुभएसँगै गत वैशाख १६ गतेदेखि बन्द रहेको छ । तस्वीर : प्रकाश केसी/  आर्थिक अभियान