कोरोना मारसंगै ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको …

सम्बन्धित सामग्री

कोरोना बिमाको दाबी भुक्तानी गर

कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले एकपछि अर्को बहाना गर्दै जाँदा नागरिकमा सरकारप्रति अविश्वास चुलिँदो छ । नेपालमा सरकारका अस्थिर नीति तथा योजनाका कारण निजी क्षेत्र बदनाम हुनु नौलो कुरा रहेन । सरकारले ल्याएको नीतिअनुरूप उद्योग–व्यवसाय गर्दा त्यही नीतिलाई नै परिवर्तन गर्ने परम्परा पनि नौलो होइन । तर, यस्ता क्रियाकलापले निजी क्षेत्र बदनाम भएको पाइन्छ । […]

मौद्रिक नीतिको समिक्षा सकारात्मक : पूर्वअर्थमन्त्री महत

काठमाडौं, मंसिर १३ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै […]

८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा

कोरोना महामारी सुरु हुनुअघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत रहेको उत्पादन र कारोबार स्थिति ७४.७ प्रतिशत पुगेको समेत सोही अध्ययनले देखाएको छ। त्यस्तै, रोजगारीको अवस्थामा पनि सुधार आएर ९७.२ प्रतिशत पुगेको छ। यो पहिला ७७.५ प्रतिशत थियो।...

‘कोरोना प्रभावित ८७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा’

८ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । यस सर्वेक्षणले ८७.२ […]

१७ करोड लगानीमा दाना उद्योग

कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।...

उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह

काठमाडौँ / निजी क्षेत्रका तीन सङ्गठनले कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै उद्योग र रोजगारी दुवैको

निषेधाज्ञा मारमा चितवनका उद्योग–व्यवसाय

चितवन । कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका करीब ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको कारणले कच्चापदार्थको अभाव तथा उत्पादित वस्तुको विक्री वितरणमा समस्या आएकाले उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । चितवनमा २५ करोडभन्दा बढी लगानीका झण्डै एक दर्जन, १० करोडभन्दा बढी लगानीका करीब १०० र ५ करोड रुपैयाँभन्दा बढी लगानीका झन्डै २०० ओटा उद्योग छन् । एकातिर रोगको त्रासले उद्योगीहरू तथा मजदूर त्रासमा छन् भने अर्कातिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।      चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र निषेधाज्ञा थपिँदै जाँदा ५० प्रतिशत उद्योगहरू बन्द हुने अवस्था आउनले बताए । ‘धेरै उद्योगहरूमा कच्चापदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगले पनि सहज रूपमा आफ्नो उत्पादन बजारसम्म लैजान सकेका छैनन्,’ उनले भने । कतिपय उद्योगमा मजदूर तथा कर्मचारी कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नुपरेको उनले बताए । ‘अहिले सहज रूपमा उद्योग चलाउने वातावरण भए पनि कोरोना संक्रमणले चिन्तित बनाएको छ,’ उनले भने, ‘खुलेका उद्योगको उत्पादन पनि विक्री वितरणमा समस्या रहेको छ ।’ गतवर्षको लकडाउनमा मारमा परेका उद्योगहरू केही सहज रूपमा चल्दै जाने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर कोरोनाको दोस्रो लहरले झनै बढी समस्यामा पारिदियो । घरपरिवार, आफन्त, मजदूर सबै संक्रमित हुँदै जाँदा उद्योग चलाउने मनस्थिति नै नभएको उद्योगीहरू बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष तथा उद्योगी तिलचन्द्र भट्टराईले कोरोनाले सबैलाई समस्या पारेको बताए । होटल र पर्यटन जस्तो उद्योग मात्र नभएर सधैं सदाबहार मानिएको कृषि उद्योगहरू पनि निषेधाज्ञाको मारमा परेका छन् । कृषि क्षेत्रमा लगानी गरेका उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष मित्रराज दवाडी कृषि क्षेत्रमा पनि धेरै समस्याहरू निषेधाज्ञाले थपेको बताउँछन् । ‘पहिले एक घण्टामा हुने काम अहिले दुई घण्टा लाग्न थालेको छ । निषेधाज्ञाले मजदूर पाउन नै गाह्रो छ,’ उनले भने, ‘साना तिना व्यावहारिक कठिनाइ देखिएका छन् । उत्पादन भइसकेपछि पनि यातायात सहज नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ ।’ निषेधाज्ञाले मर्कामा परेका उद्योगहरूले सरकारले बजेटमार्फत सम्बोधन गरेकाले केही राहत हुने महसूस गरेका छन् । गतवर्षको लकडाउनपछि पनि सरकारले उद्योगीका मागलाई केही हदसम्म सम्बोधन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले बन्द हुने अवस्थामा पुगेका उद्योगलाई राहत हुने गरी केही कर्जा र करमा छूट दिएको बताए । डा. भट्टराईले पनि कोरोना महामारी नियन्त्रणमा आएपछि उद्योगीहरूले भोगेका समस्याहरूको समाधानमा सरकारले बजेटमार्फत केही सम्बोधन गरेको बताए । रासस

पुनर्कर्जा सुविधा यथावत

कोरोना महामारीको बेला उद्योग, व्यवसाय र बैंक तथा वित्तीय क्षेत्रलाई धराशयी हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको पुनर्कर्जा सुविधा आर्थिक वर्ष २०७८/७९ मा पनि यथावत रहने भएको छ।...

कोरोना नियन्त्रणका लागि सीसीएमसीका १४ निर्णय

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ।सीसीएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ ।आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।यस्ता छन् सीसीएमसीका १४ निर्णय