निषेधाज्ञा मारमा चितवनका उद्योग–व्यवसाय

चितवन । कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका करीब ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको कारणले कच्चापदार्थको अभाव तथा उत्पादित वस्तुको विक्री वितरणमा समस्या आएकाले उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । चितवनमा २५ करोडभन्दा बढी लगानीका झण्डै एक दर्जन, १० करोडभन्दा बढी लगानीका करीब १०० र ५ करोड रुपैयाँभन्दा बढी लगानीका झन्डै २०० ओटा उद्योग छन् । एकातिर रोगको त्रासले उद्योगीहरू तथा मजदूर त्रासमा छन् भने अर्कातिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।      चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र निषेधाज्ञा थपिँदै जाँदा ५० प्रतिशत उद्योगहरू बन्द हुने अवस्था आउनले बताए । ‘धेरै उद्योगहरूमा कच्चापदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगले पनि सहज रूपमा आफ्नो उत्पादन बजारसम्म लैजान सकेका छैनन्,’ उनले भने । कतिपय उद्योगमा मजदूर तथा कर्मचारी कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नुपरेको उनले बताए । ‘अहिले सहज रूपमा उद्योग चलाउने वातावरण भए पनि कोरोना संक्रमणले चिन्तित बनाएको छ,’ उनले भने, ‘खुलेका उद्योगको उत्पादन पनि विक्री वितरणमा समस्या रहेको छ ।’ गतवर्षको लकडाउनमा मारमा परेका उद्योगहरू केही सहज रूपमा चल्दै जाने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर कोरोनाको दोस्रो लहरले झनै बढी समस्यामा पारिदियो । घरपरिवार, आफन्त, मजदूर सबै संक्रमित हुँदै जाँदा उद्योग चलाउने मनस्थिति नै नभएको उद्योगीहरू बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष तथा उद्योगी तिलचन्द्र भट्टराईले कोरोनाले सबैलाई समस्या पारेको बताए । होटल र पर्यटन जस्तो उद्योग मात्र नभएर सधैं सदाबहार मानिएको कृषि उद्योगहरू पनि निषेधाज्ञाको मारमा परेका छन् । कृषि क्षेत्रमा लगानी गरेका उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष मित्रराज दवाडी कृषि क्षेत्रमा पनि धेरै समस्याहरू निषेधाज्ञाले थपेको बताउँछन् । ‘पहिले एक घण्टामा हुने काम अहिले दुई घण्टा लाग्न थालेको छ । निषेधाज्ञाले मजदूर पाउन नै गाह्रो छ,’ उनले भने, ‘साना तिना व्यावहारिक कठिनाइ देखिएका छन् । उत्पादन भइसकेपछि पनि यातायात सहज नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ ।’ निषेधाज्ञाले मर्कामा परेका उद्योगहरूले सरकारले बजेटमार्फत सम्बोधन गरेकाले केही राहत हुने महसूस गरेका छन् । गतवर्षको लकडाउनपछि पनि सरकारले उद्योगीका मागलाई केही हदसम्म सम्बोधन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले बन्द हुने अवस्थामा पुगेका उद्योगलाई राहत हुने गरी केही कर्जा र करमा छूट दिएको बताए । डा. भट्टराईले पनि कोरोना महामारी नियन्त्रणमा आएपछि उद्योगीहरूले भोगेका समस्याहरूको समाधानमा सरकारले बजेटमार्फत केही सम्बोधन गरेको बताए । रासस

सम्बन्धित सामग्री

रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी सर्भे गरिने

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्षदेखि कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेका छन् ।बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिँदैछ । वैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुँदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा चितवनका उद्योग व्यवसाय समस्यामा

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय समस्यामा परेका छन् । दैनिक पटक पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।   भरतपुर वितरण...

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

काठमाडौँ,२१ असार । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर […]

विद्युत आपूर्ति नियमित नहुँदा चितवनका उद्योग व्यवसाय सङ्कटमा

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले …

उद्योग व्यवसाय गर्ने वातावरण बनाउने नेतृत्व पालिका तहमा आउनुपर्ने

काठमाण्डाै – राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताउनुभएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले देशको शान्ति र स्थायित्वका लागि पालिका तहदेखि नै वातावरण बनाउनुपर्ने बताउनुभएको हो । यही वैशाख ३० गते तय भएको पालिका तहको चुनावबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटैे उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाइ थिय...

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन सुरु हुँदै, ओलीले उद्घाटन गर्ने

काठमाडौँ – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन बुधबारदेखि काठमाडौँमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायी सहभागी हुने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।महासंघ एमालेको २२ […]

कोरोना मारसंगै ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको …

उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गर्नुपर्ने

काठमाडौं। निजी क्षेत्रका तीनवटा छाता संगठनले एक स्वरमा उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन माग गरेको हो। कोभिड–१९ रोकथामका लागि गरिएको दोस्रो लकडाउनपछि उद्योग धन्दा पूर्ण क्षमतामा चल्न नसकेकाले सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुले बताएका हुन्।

‘उद्योग, व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाऊ’

उनीहरूले औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्‍याउन सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन्।...

सरकारले चलाएका उद्योग–व्यवसाय निजीकरण गर्न माग

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो । निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको […]