नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ब लडाकुले सुरक्षा दिन थालेको समाचार आएपछि कांग्रेस नेता धनराज गुरुङले कटाक्ष गरेका छन् । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ खटिदै आएका नेपाल प्रहरी र सशस्त्रको संख्यामा कटौती गरेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकु खटिन थालेपछि नेता गुरुङले ‘सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ’ भनेका हुन् ।