जनताको सेवामा केन्द्रित हुन अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भने, “चुनाव जितेपछि शासक बन्ने रोग छ