जबरजस्ती करणीको आरोप लागेका सन्दीप अहिले सेन्ट लुसियामा, क्यान भन्छ : सम्पर्क गर्ने प्रयासमा छौं

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिग किशोरीमाथि बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। यो घटना सार्वजनिक भएसँगै सन्दीपको खोजी हुन थालेको छ। केन्यामा सिरिज खेल्न पुगेका सन्दीप अहिले सिपिएल टि २० खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्। एक दिनअघिमात्रै सन्दीपले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जमैका क्याटअलवाजको जर्सीसहित रोन्डी बेस्थित होटल हार्बरको तस्विर राखेका…

सम्बन्धित सामग्री

दिल्लीमा ६०० दिनदेखि स्कूल बन्द, विद्यार्थी कक्षाकोठा फर्कन आतुर

धारिनी माथुरका छोराले प्रारम्भिक स्कुल सुरु गरेका बेला ४ वर्षका  मात्रै थिए । उनी अझैपनि कम्प्युटरको स्क्रिन पछाडि बस्छन् र भर्चुअली भएपनि सिक्ने प्रयासमा  छन् । घरमै बसेर पढ्नाले साथी र शिक्षकहरुसँग उनको  शून्य सम्पर्क छ ।उनी पनि भारतको राजधानी दिल्लीका ४० लाख भन्दा बढी बालबालिका मध्येका एक हुन्, जो कोरोनाभाइरसको महामारीका कारण कक्षा कोठा भन्दा बाहिर बस्न बाध्य छन् ।हालको समयमा लामो समयदेखि भइरहेको बन्दले सिकाइको क्षमतामा नराम्ररी असर पारिरहेको माथुरले बताइन ।‘हाम्रो

मेस्सी पिएसजीसँगको वार्तामा

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीका प्रतिनिधिसँग छलफल सुरु गरेको छ। स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी बाहिरिएपछि पिएसजी उनलाई भित्र्याउने प्रयासमा छ। बार्सिलोना आफू सहमत भएको सम्झौताको सम्मान गर्न असफल भएको थाहा पाएपछि मेस्सीका प्रतिनिधिहरुले पिएसजीसँग सम्पर्क गरेको बिबिसीले उल्लेख गरेको छ। शनिबार वार्ताले गति लिएको र सम्झौता हुने सम्भावना बढेको […]

माधव नेपाललाई मनाउने प्रयासमा बामदेव

काठमाडौं, १६ असार । नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् । गौतमले नेपालसँग सम्पर्क गरेर यसबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी बैठकमा जानुपर्छ भनेका छन् । दिउँसो देखि नै गौतमले नेपालसँग सम्पर्क गर्न खोज्दा सफल भएनन् […]

व्यापार पुनः सुरु गर्न लागेका रिटेलर्सलाई कोका–कोलाको सपोर्ट

काठमाडौं (अस) । निषेधाज्ञाको प्रतिबन्ध क्रमशः खुकुलो हुन थालेपछि कोका–कोलाले रिटेलर्स र किराना पसललाई सहयोग गर्ने योजना बनाएको छ । यसको मूल उद्देश्य खाद्य र पेय क्षेत्रलाई आफ्नो पूर्ववत् अवस्थाम ल्याउन र  कोभिडपछि फस्टाउन सहयोग पु¥याउनु रहेको कम्पनीले जनाएको छ । किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ, जसले स्वचालित बिक्रेता र वितरकलाई जोड्नमा सहयोग पुर्‍याउनेछ । यसका साथै खुद्रा बिक्रेताले ह्वाट्सएपको माध्यमबाट वितरकसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढाउन सहयोग पु¥याउनेछ भने  भौतिक रूपमा हुने भेटघाटको जोखिमबाट बचाउनेछ । यो प्ल्याटफर्म अरू कम्युनिकेसन एप्लिकेसनजस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जानकारी दिएको छ । ‘गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो भएन । यो पहलले रिटेलर्सलाई तिनको व्यापार छिटो रिकोभर गर्न सहयोग पु¥याउनेछ । यसले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकसँग बहुडिजिटल विकल्पसहित सम्पर्क राख्न सकिनेछ । छानिएका मार्केटबाट सुरु गरिएका यी पहल विस्तारै विस्तार गर्नेछौं’, नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने । कम्पनीले आफ्ना उत्पादन हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्न थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कुलर र त्यसमा भएका उत्पादन सफा राख्ने क्लिन अप कार्यक्रम आयोजना गर्नेछ । यो पहलले काठमाडौंका रिटेल र किराना स्टोरलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पीपीई किट वितरण गर्नेछ भने हजारभन्दा बढी स्टोरमा काउन्टर सिल्डको स्थापना गरिएको बताएको छ ।

बगर बनेकाे मेलम्ची बजार पुरानै लयमा फर्किने प्रयासमा (फोटो फिचर)

काठमाडौं : असर १ गते आएको मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्‍यो। बाढी पीडितको अवस्था दयनिय बनेकाे छ। बाढी प्रभावितहरू बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्।पीडितहरू बाढीले पुरेको घरबाट लेदो निकालेर फेरि त्यहीँ बस्ने तयारी गर्दैछन् भने केही जायजेथा गुमेपछि सरकारको मुख ताकिरहेका छन्। बाढीले हेलम्बु गाउँपालिकामा मात्रै ८० प्रतिशत क्षति गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।१० दिनदेखि हेलम्बु क्षेत्र अस्तव्यस्त छ। विद्युत, सडक सञ्जालको सम्पर्क टुटेको

किमसँग छलफल गर्ने प्रयासमा बाइडेन प्रशासन, तर उत्तर कोरियाबाट आएन कुनै जवाफ

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकीले वार्ताका लागि धेरै प्रयास गरेपनि अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बताइएको छ। अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वासिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो। उत्तर कोरियाको परमाणु…