धारिनी माथुरका छोराले प्रारम्भिक स्कुल सुरु गरेका बेला ४ वर्षका मात्रै थिए । उनी अझैपनि कम्प्युटरको स्क्रिन पछाडि बस्छन् र भर्चुअली भएपनि सिक्ने प्रयासमा छन् । घरमै बसेर पढ्नाले साथी र शिक्षकहरुसँग उनको शून्य सम्पर्क छ ।उनी पनि भारतको राजधानी दिल्लीका ४० लाख भन्दा बढी बालबालिका मध्येका एक हुन्, जो कोरोनाभाइरसको महामारीका कारण कक्षा कोठा भन्दा बाहिर बस्न बाध्य छन् ।हालको समयमा लामो समयदेखि भइरहेको बन्दले सिकाइको क्षमतामा नराम्ररी असर पारिरहेको माथुरले बताइन ।‘हाम्रो