व्यापार पुनः सुरु गर्न लागेका रिटेलर्सलाई कोका–कोलाको सपोर्ट

काठमाडौं (अस) । निषेधाज्ञाको प्रतिबन्ध क्रमशः खुकुलो हुन थालेपछि कोका–कोलाले रिटेलर्स र किराना पसललाई सहयोग गर्ने योजना बनाएको छ । यसको मूल उद्देश्य खाद्य र पेय क्षेत्रलाई आफ्नो पूर्ववत् अवस्थाम ल्याउन र  कोभिडपछि फस्टाउन सहयोग पु¥याउनु रहेको कम्पनीले जनाएको छ । किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ, जसले स्वचालित बिक्रेता र वितरकलाई जोड्नमा सहयोग पुर्‍याउनेछ । यसका साथै खुद्रा बिक्रेताले ह्वाट्सएपको माध्यमबाट वितरकसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढाउन सहयोग पु¥याउनेछ भने  भौतिक रूपमा हुने भेटघाटको जोखिमबाट बचाउनेछ । यो प्ल्याटफर्म अरू कम्युनिकेसन एप्लिकेसनजस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जानकारी दिएको छ । ‘गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो भएन । यो पहलले रिटेलर्सलाई तिनको व्यापार छिटो रिकोभर गर्न सहयोग पु¥याउनेछ । यसले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकसँग बहुडिजिटल विकल्पसहित सम्पर्क राख्न सकिनेछ । छानिएका मार्केटबाट सुरु गरिएका यी पहल विस्तारै विस्तार गर्नेछौं’, नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने । कम्पनीले आफ्ना उत्पादन हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्न थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कुलर र त्यसमा भएका उत्पादन सफा राख्ने क्लिन अप कार्यक्रम आयोजना गर्नेछ । यो पहलले काठमाडौंका रिटेल र किराना स्टोरलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पीपीई किट वितरण गर्नेछ भने हजारभन्दा बढी स्टोरमा काउन्टर सिल्डको स्थापना गरिएको बताएको छ ।  

सम्बन्धित सामग्री

कोका-कोलाको २.२५ र १.५ लिटरकाे कोका-कोला किन्दा २५० मिलिलिटरको निःशुल्क

काठमाडौँ– कोका–कोलाको २.२५ र १.५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क पाइने भएको छ। कोका–कोलाले उपभोक्ताहरूलाई विशेष र अविस्मरणीय बनाउन नेपालमा यो विशेष क्याम्पेन लिएर आएको जनाएको छ। यो प्रमोसनल अफर धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो […]

कोका-कोलाको सहयोगमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । कोका-कोला फाउण्डेसनको सहयोगमा क्रिएसनले शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ । कोका-कोलाको आर्थिक सहयोगमा शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तर गरिएको हो । मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तर गरिएको हो । स्थास्थ्य सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश […]

कोका-कोलाको सहयोगमा कुबेतबाट १४ जना नेपाली स्वदेश फर्किए

काठमाडौ‌ं । दशैं तथा तिहारको अवसर पारेर कोका–कोला नेपालले वैदेशिक रोजगारीमा गएका तर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका १४ जना नेपालीलाई घर फर्काएको छ । सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई स्वदेश फिर्ता ल्याएको कम्पनीले जनाएको छ । कोको […]

कोका–कोलाको जेरो सुगर नयाँ स्वादमा

काठमाडौं (नेस) । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्ति दायक स्वादमा नयाँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वादभएको यो नयाँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध भएको छ । नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वादलिन सक्ने भएका छन् । व्यापक बजार परीक्षण र […]

कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोकसँग खास’

कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोक सँग खास’ सुरु भएको छ । कोका–कोलाको नयाँ टिभी सीमा भावनाहरु झल्किएको देखिन्छ ।  जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ । ‘घरमा साथ कोक सँग खास’ ट्याग लाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ । यसले हाम्रो घरमा पकाएको खाना, स्वाद र एकताका साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ ।यो विज्ञापनमा विभिन्न नेपाली खानाहरु देख्न सक

जब रोनाल्डोले कोका–कोलाको बोत्तल हटाइदिए...

काठमाण्डाै – पोर्चुगलको फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले हङ्गेरीसँगको खेलअघि गरेको व्यवहारले यतिखेर चर्चा पाएको छ । खेलअघिकाे पत्रकार सम्मेलनमा रोनाल्डोको अगाडि कोल्ड ड्रिङ्क बनाउने कम्पनी कोका–कोलाकाे दुई वटा बोत्तल राखिएको थियो । तर रोनाल्डोले कोका–कोलाको दुई वटै बोत्तल हटाइदिए । यतिमात्र नभइ उनले नजिकैको पानीको बोत्तललाई पहिले कोका–कोलाको बोत्तल राखिएको ठाउँमा राखिदिए । सफ्ट ड्रिङ्कको सट्टा पानीको प्रयोग गर्नुपर्ने रोनाल्डोले सङ्केत गरेका थिए ।  The Sportsman (@TheSports...

कोका–कोला १७५ एमएल बोतल २५ रुपैयाँमा पाइने

कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । यसको मूल्य २५ रुपैयाँ मात्रै तोकिएको छ । नयाँ बोतलको डिजाइन नेपाली उपभोक्ताका लागि गरिएको कम्पनीको भनाइ छ । यो बोतलमा नेपाली भाषामा लेखिएको कोका–कोलाको लोगोले उपभोक्ता आकर्षण हुने कम्पनीको विश्वास छ ।कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भ आरजिबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो […]