अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकीले वार्ताका लागि धेरै प्रयास गरेपनि अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बताइएको छ।
अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वासिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो। उत्तर कोरियाको परमाणु…