पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।
अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ । सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको ...