झापा : स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बालशिक्षक र कर्मचारीहरूले आजदेखि आन्दोलन फिर्ता लिएको छन्।सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए। आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन्।भद्रपुर नगरपालिकासमक्ष एकसूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका ६ वटा शिक्षक तथा कर्मचारी संगठनले संयुक्त रुपमा असार १३ गतेदेखि