काठमाडौँ- नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ । महसंघले शुक्रबार पत्रकारका समस्या सुनाउनका लागि प्रेस रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको हो । पछिल्लो समय पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए […]