श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न माग

काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन्।पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले बैठक तत्काल बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन्। श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समितिको बैठक बोलाउने विषयमा मौन बसेको भन्दै ट्रेड युनियनहरूले श्रमिकको पारिश्रमिक निर्धारणमा आलटाल गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।२०७६ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्नेमा आलटाल गरेर एक

सम्बन्धित सामग्री

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि हुने भएको छ । न्युयोर्क सिटी, लङ आइल्याण्ड र वेस्टचेस्टर काउन्टीमा न्यूनतम ज्याला प्रति घण्टा १५ डलरबाट बृद्धि भएर १६ डलर हुँदैछ । राज्यको बाँकी भागमा १४ डलर २० सेन्टसबाट बढेर १५ डलर हुनेछ । न्युयोर्कका सबै क्षेत्रहरूमा न्यूनतम ज्याला सन् २०२५ को जनवरी १ मा ५० […]

साउनबाट श्रमिकको न्यूनतम तलब बढाउन सिफारिस

काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ । सरकारले […]

श्रमिकको न्यूनतम तलब साउनबाट बढाउन सिफारिस

काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ । सरकारले […] The post श्रमिकको न्यूनतम तलब साउनबाट बढाउन सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग

काठमाडौँ- जनता समाजवादी पार्टी, जसपा नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले […]

एमालेको घोषणापत्र: श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने

नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

गलैचा उद्योगका मजदुरद्वारा न्यूनतम ज्याला कार्यान्वयनको माग

काठमाडौँ- राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । मंगलबार काठमाडौं पत्रकार सम्मेलन गर्दै गलैंचा उद्योगसम्बद्ध ट्रेड युनियनहरुले आफूहरुको माग पूरा नभए तिहार र छठ लगत्तै सडक संघर्षमा उत्रने चेतावनी दिए । नेपाल गलैचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने […]

श्रमिकको न्यूनतम ज्याला बढाउन माग गर्दै कोरियामा प्रवासी मजदुरको प्रदर्शन

श्रमिकहरुको न्यूनतम ज्याला बढाउन माग गर्दै दक्षिण कोरियामा मजदुर संगठनहरुले प्रदर्शन गरेका छन्।

कोरियामा न्यूनतम ज्याला वृद्धि गर्न माग

दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले गत साता राजधानी सउलमा एक कार्यक्रमको आयोजना गरी ज्याला वृद्धि गर्न माग गरेका हुन् ।

श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी

वैशाख १८ – सरकारले श्रमिकको न्यूनतम ज्याला बढाउने योजना बनाएको बताएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी ...