मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ । सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।