आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०७८/७९का लागि नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकेको छ ।
यो वर्षका लागि तीनवटा शीर्षक अग्रिम करकट्टीका लागि थपिएका छन्।
चालु वर्षको ऐन आएपछि विभागले करको दर सार्वजनिक गरेको हो।
वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ।
सरकारले आयकर ऐनमा गरेको परिवर्तनअनुसार विभागले नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले नेपालमा १ प्रतिशत कर तिर्...