विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक भएका छन् । अध्यक्ष मिश्रले धर्मनिरपेक्षता र संघीयताको विषयमा जनमतसंग्रह हुनुपर्ने भन्दै दस्तावेज सार्वजनिक गरेपछि सो दलभित्र विवाद चुलिएको छ ।