नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ ‘विवेकशील साझा पार्टी’ पनि हाजिर छ । काँग्रेस, एमाले, माओवादी, समाजवादी, मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन चाहियो ? यो पार्टीको वैचारिक र सांगठनिक ‘स्पेस’ के हो ? यो आइडियोजिकल प्रश्न लिएर हामी अध्यक्ष मिश्रलाई भेट्न उनको हेडक्वार्टरमा पुग्यौं । पछिल्लो समय विवेकशील साझा पार्टीमा देखिएको विवाद, यहीसाता कतिपय समूहसँग विवेक