पर्वत : म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग भनेको मालढुंगा बेनी सडक खण्ड हो।खाद्यान्नदेखि निर्माण र अन्य सबै सामग्रीहरू उक्त सडक मार्गबाट ओसारपोसार हुने गरेका छन् भने एम्बुलेन्स पनि रफ्तारमा हुन्छन्। दैनिक सयौँको सङ्ख्यामा सवारीहरू आउजाउ गर्ने सडकको अवस्था हेर्दा लाग्छ कि राज्यले त्यो ठाउँ देखेको नै छैन।करिब २५ वर्ष अगाडि बनेको सडक लामो समयपछि कालोपत्रे त भयो तर अहिले सडकमा कालोपत्रे कहाँ छ? भनेर खोजे देख्नै पाइँदैन। पवित्र कालीगण्डकी नदीको ति