म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।       संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।      धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भिœयाउन र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।

सम्बन्धित सामग्री

म्याग्दीको तातोपानीमा खुल्यो धवलागिरिकै ठूलो होटल

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वार  गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटल निर्माण गरिएको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा २५ करोड रुपैयाँ लगानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोडको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको होटल नेचुरल स्प्रिङ प्रालि निर्माण गरेका हुन्  । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउन्ड अन्नपूर्णको पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको कोठा रहेको हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण सकिएको छ । करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटल आगामी भदौदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकल मार्टसमेत सञ्चालनमा आउनेछन् । होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । २२ करोड लागत अनुमान गरिए पनि कोरोना महामारीको कारण निर्माण सामग्री अभाव र सामान ढुवानी असुविधाले लागत बढ्ने देखिएको हमालले बताए । ‘यो होटल क्षमताको हिसाबले धवलागिरि क्षेत्रकै ठूलो हुनेछ । स्टार होटलका सुविधा उपलब्ध गराउँछौं । सुविधायुक्त होटलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा  सघाउने अपेक्षा छ’, उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आएपछि यो सडक खण्ड हुँदै आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पुर्‍याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए । ‘यहाँको प्राकृतिक तातोपानी कुण्ड पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर, सिजनमा अहिले सञ्चालनमा रहेका होटलले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन । त्यसैले ठूलो क्षमतामा नयाँ होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ तुलाचनले भने । तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४ सय जनासम्म पर्यटक बस्न सक्ने क्षमताका होटल छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यो होटलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाउने स्थानीयको भनाइ छ । ७ करोड लगानीमा गलेश्वरमा बन्यो होटल ताज महल आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार म्याग्दीमा करोडौंको लगानीमा स्तरीय होटल सञ्चालन हुने क्रम बढ्दै गएको छ । म्याग्दीको गलेश्वरमा ७ करोड रुपैयाँ लगानी गरी २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले पर्यटक लक्षित स्तरीय होटल ‘ताज महल’ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । ४० वर्षीय श्रेष्ठले मिहिनेतको कमाइ र सीपलाई होटल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब ७ करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटल स्थापना गरिएको उनको भनाइ छ । सुविधासम्पन्न होटलमा १००  जना पाहुना बस्न सक्छन् । सुविधाअनुसार १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्ने ३६ कोठा छन् । चार वटा कोठामा बाथटप, सबै कोठामा तातोपानी, स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितका सेवा रहेको सञ्चालक श्रेष्ठले बताए । म्याग्दी, मुस्ताङ आउने पर्यटकलाई होटल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्था हटाउन कोरोना महामारीकै समय ठूलो लगानीमा होटल निर्माण गरेको उनको भनाइ छ । श्रेष्ठ ०५३ सालमा कामको खोजीमा म्याग्दी हुँदै मुस्ताङ पुगेका थिए । ‘मुस्ताङको कालापानी होटलमा साढे ५ वर्ष र  होटल यतीमा ९ वर्ष काम गरें’, श्रेष्ठले भने, ‘गलेश्वरमा रिभरसाइड होटल भाडामा लिएर चलाएँ । त्यसपछि आफ्नै लगानीमा मदरल्यान्ड होटल ५ वर्ष चलाएपछि सुविधा सम्पन्न नयाँ होटल सञ्चालनमा ल्याइएको हो’, उनले भने । पछिल्लो समय म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक केन्द्रित पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको व्यक्तिगत लगानी बढेको छ ।

म्याग्दी र मुस्ताङ जोड्ने आइसफल पदमार्ग सञ्चालनको तयारी

म्याग्दी : म्याग्दीको उत्तरी हिमाली क्षेत्र हुँदै मुस्ताङको लेते पुग्ने धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी छ। सडकका कारण पदमार्ग विस्थापित भएपछि पर्यटकलाई लक्षित गरेर यो पदमार्ग सञ्चालनमा ल्याउन लागिएको हो। यो पदमार्गबाट म्याग्दी र मुस्ताङका दुई दर्जनभन्दा बढी हिमाली रोमाञ्चक दृश्यको अवलोकन गर्न पाइनुका साथै जैविक विविधता र प्राकृतिक सुन्दरताका भएका स्थलहरूसम्म पुग्न सकिने छ। बेनी–जोमसोम सडक सञ्चालन भएपछि पैदल मुस्ताङ पुग्ने सातवटा पदमार्ग विस्थापित भैसकेका छन्। संसारको सातौं अग्लो धवलागिरि हिमाल (८ हजार १६७ मिटर) ...

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।      संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो । धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस