बागलुङ, म्याग्दी र मुस्ताङ छिर्ने नाकामा प्रहरी पोस्ट स्थापना

पर्वत : पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दीसहित छोटो तथा लामो दूरीका सवारीसाधन एकै ठाउँमा जम्मा हुने प्रमुख नाका मालढुङ्गामा सुरक्षा सतर्कता बढाउन तत्कालका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।उक्त नाका रहेको क्षेत्र र आसपासको क्षेत्रमा कालीगण्डकी नदीको चौडा किनार रहेको छ भने त्यही क

सम्बन्धित सामग्री

कोरोला–त्रिवेणी सडक बनाउने ठेकेदारप्रति मुख्यमन्त्रीकै गुनासो

कोरोला–त्रिवेणी सडक गण्डकी प्रदेशकै लाइफलाइन रहेपनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काममा ढिलासुस्ती भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असन्तोष जनाएका छन्।...

मनमोहक मुस्ताङ

पर्वत :  त्यसो त अहिले मुस्ताङ घुम्ने समय होइन। वर्षाका कारण खोलानाला बढेका छन्। पैदल मार्गबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध छन्। मौसम आउने बदलीका कारण यो बेलामा हवाइ उडान समेत हुँदैनन्।मौसमकै कारण स्थल र हवाइ दुवै मार्गबाट मुस्ताङ जाने सम्भावना रहँदैन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार साउनको अन्तिम सातादेखि मात्र पर्यटकका लागि बाटो खुल्छ।त्यसै पनि मनमोहक मुस्ताङ वर्षाका कारण झनै चित्ताकर्षक देखिएको छ। जताततै  मनमोहक दृश्य देखिन्छ। घा

धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत ...

बाटो भन्नै लाज लाग्दो म्याग्दी र मुस्ताङ जोड्ने सडक (फोटो फिचर)

पर्वत : म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग भनेको मालढुंगा बेनी सडक खण्ड हो।खाद्यान्नदेखि निर्माण र अन्य सबै सामग्रीहरू उक्त सडक मार्गबाट ओसारपोसार हुने गरेका छन् भने एम्बुलेन्स पनि रफ्तारमा हुन्छन्। दैनिक सयौँको सङ्ख्यामा सवारीहरू आउजाउ गर्ने सडकको अवस्था हेर्दा लाग्छ कि राज्यले त्यो ठाउँ देखेको नै छैन।करिब २५ वर्ष अगाडि बनेको सडक लामो समयपछि कालोपत्रे त भयो तर अहिले सडकमा कालोपत्रे कहाँ छ? भनेर खोजे देख्नै पाइँदैन। पवित्र कालीगण्डकी नदीको ति

मुस्ताङ, विचित्रक मौसम र सुन्दरता (फोटो फिचर)

म्याग्दी : मुस्ताङ र मौसमबीच अनौठो सम्बन्ध छ।अरू ठाउँमा दर्के झरी पर्दा यहाँ न्यानो घाम लागिरहेको हुन्छ भने अन्यत्र दिन उज्यालिँदा यहाँ कहिले हिउँ त कहिले कुहिरोले डाँडापाखा ढाकिरहेको हुन्छ।त्यसैले त भनिन्छ-विविधताभित्र विचित्रक सुन्दर ठाउँ हो मुस्ताङ।मुस्ताङको विविधतामय सुन्दरता अवलोकन गर्न सयौं पर्यटकहरू आउने समय हो यो। तर, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुस्ताङ सुनसान छ।तर, पर्यटक नआउँदैमा प्रकृतिले यहाँको भूगोललाई सिँगार्न किन कञ्जुस्याइँ गर

गण्डकी प्रदेशका पाँच जिल्लामा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ । आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।       संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।      धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भिœयाउन र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।      संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो । धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस