काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ ।
आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।