भक्तपुरको कमल विनायक–नगरकोट जोड्ने सडकको स्तरोन्नति थालेको ९ वर्ष भयो । ९ वर्षमा ९ पटक नै म्याद थपियो । तर १५.६६ किमि दूरीको सडकको निर्माण अझै अधुरै छ । सडक बनिनसक्दै भत्किन थालेको छ । यसबाट सबैभन्दा बढी नगरकोटका पर्यटन व्यवसायी मारमा छन् । यो सडक निर्माणकै चरणमा छ ।