भक्तपुर–नगरकोट सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन

काठमाण्डाै - विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । हिजो भक्तपुर–नगरकोट सडक खण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो । निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकार...