भक्तपुर : भक्तपुर-नगरकोट सडक बनाउने ठेकेदारले तिहारपछि ४५ दिनभित्र सडक बनाइसक्ने प्रतिबद्धता जनाएका छन्।बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलसँग निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले सडकको काम ४५ दिनभित्र सक्ने प्रतिबद्धता जनाएका हुन्।भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक जीर्ण छ। भारतीय बैंक एक्जिमको सहयोगमा निर्माण र विस्तार सुरु भएको ५ वर्ष बितिसक्दा पनि सो सडक बनेको छैन।सडक समयमा नबन्दा सो सडक प्रयोग गर्ने यात्रु, स्थानीय र