उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर–नगरकोट सडक अनुगमन

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक अनुगमन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताए । अबको एक महीनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गरिने चेतावनी उनले दिए । ‘यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो, सातपटक म्याद थप गरिसकिएको छ, तर पनि अहिलेको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले पनि सडकको हालत देखिहाल्नुभयो, जनताको असन्तुष्टि र आक्रोश पनि देख्नुभयो, यसमा हामी गम्भीर छौं ।’ निर्माण कम्पनीले भक्तपुर–नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले समयमा गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने बताए । रासस

सम्बन्धित सामग्री

समयमै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने मन्त्री श्रेष्ठकाे चेतावनी

काठमाडौँ- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थलगत सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै समयमा नै काम सम्पन्न ...