नेपाली काँग्रेस पाल्पाको आज हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो । नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति वीरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेपछि रोकिएको बताए । शनिवार पार्टीको बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने उनले बताए । पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशि