जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ । विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार अधिवे