कैलालीका चार पालिकामा काँग्रेसको अधिवेशन स्थगित

३० कात्तिक, धनगढी । कैलालीमा नेपाली काँग्रेसले मंगलबारका लागि तय गरेका चार वटा स्थानीय तहका अधिवेशन स्थगित भएका छन् । १३ स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको प्रचार प्रसार समितिको संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार यी पालिकामा बुधबार अधिवेशन हुनेछ । नेत्र विक्रम […]

सम्बन्धित सामग्री

रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न

रौतहटका १२ स्थानीय  तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो ।६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन्।

मोरङका ८ पालिकामा एमालेको नेतृत्व चयन, ९ वटामा बाँकी

विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका

बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए । कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता […]

एमाले पालिका अधिवेशन : पर्वतमा कतै स्थगित, कतै सुरु नै भएन

नेकपा एमालेको पालिकास्तरीय अधिवेशन पर्वतमा धेरै प्रत्यासी देखिएपछि अधिवेशन स्थगित भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका सबैजसो पालिकामा अध्यक्षका प्रत्यासी धेरै देखिएपछि चार पालिकामा अधिवेशन बन्द सत्रअघि रोकिएको हो ।

काँग्रेस अधिवेशन : दोलखाका अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोलखामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकासहित ९ पालिकामध्ये सात वटामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।एउटा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । यस्तै अर्को एक पालिकामा भने मतदानबाट नेतृत्व चयन गरिएको छ । छलफलबाटै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारहरूबीच विवाद बढेपछि जिल्लाको कालिन्चोक गाउँपालिकामा अधिवेशन स्थगित गर्नुपरेको उनले बता

निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शनिबार हुने पालिका अधिवेशनहरु स्थगित गरिएको छ । अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविही रहेको भन्दै काभ्रे कांग्रेसले अधिवेशन स्थगनको सूचना जारी गरेको हो । काभ्रे कांग्रेसका सभापति मधु आचार्यद्वारा जारी सचूनमा निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत […]