पूर्वमाओवादी नेताहरुलाई एमालेले नेकपामा रहँदाको हैसियतको कमिटीको जिम्मेवारी दिने

नेकपा एमालेले २०७७ फागुन २३ गतेको फैसलापछि एमालेमै रहेका पूर्व माओवादी नेताहरुलाई नेकपामा रहँदाको हैसियत दिने निर्णय गरेको छ । आइतवार १० बुँदे निर्णय गर्दै कार्यदलले नेकपामा स्थायी कमिटीमा रहेका सदस्यलाई सोही स्थान दिने निर्णय गरेको हो । ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनु भएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ’ कार्यदलको सहमतिको चौथो बुँदामा भनि...

सम्बन्धित सामग्री

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् […] The post एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.