एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

सम्बन्धित सामग्री

धनकुटा माओवादीको विवादमा श्रेष्ठ भन्छिन्–सिङ्गो पार्टीले राजीनामा दिएको छैन

आगामी निर्वाचनमा धनकुटा आफ्नो भागमा नपर्ने आकलन गर्दै धनकुटाका माओवादी नेताहरुले दिएको राजीनामाले तरङ्ग पैदा गरेको छ । धनकुटाका माओवादी नेता तथा पोलिटब्यूरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको निवर्तमान जिल्ला संयोजक डिल्लीराम राई (कमल)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।यद्यपि उक्त विज्ञप्तिमा भनेजस्तो धनकुटामा माओवादी पार्टीको सिङ्गो समितिले राजीनामा

माओवादी मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

सरकारमा सहभागी माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामा लिएर विनाविभागिय मन्त्री एवम् माओवादी नेता गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन्। यसअघि बिहिबार माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । हिजो सार्वजनिक बिदा परेकाले माओवादी मन्त्रीले राजीनामा बुझाउन पाएका थिएनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको…