संसदमा एमाले सांसद पन्तको व्यङ्ग्य कविता : गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ !

काठमाण्डाै - नेकपा एमालेका सांसद रघुजी पन्तले महँगीले सीमा नाघिसक्दा पनि सरकार रमिते बनेको भन्दै संसद् बैठकका कविता सुनाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बोल्ने क्रममा उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य बढेर किनमेल गर्न नसकिने अवस्था आएको बताउँदै कविता सुनाएर सरकारको व्यङ्ग्य गर्नुभयो । उहाँले संसदमा सुनाएको कविता यस्तो छ : खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो तीन हजार  रहर दाल किलोको दुई सय पचास बजारभाउ सुन्दा गुम्छ होस हवास तरकारीले भाउ नै नसोध भ...