सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क र इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने घोषणा गरेको छ । शनिबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सातै प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गर्ने र इजाजत तथा नवीकरण दस्तुर छुट गरिने बताएका हुन् ।