काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२ विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् ।१० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या रहेको रातोपाटीलाई बताए । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले कार्यदलका संयोजकसमेत रहेका रावलले काम गर्न नसकेको भनेर ग