नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि 'माधव नेपालपक्षीय' नेता भीम रावल बालुवाटार पुगेका छन् ।
सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्व आह्वान अनुसार नै एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
यसअघिका बैठकमा नेता रावल सहभागी भएका थिएनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेपछि नेता रावल बालुवाटार पुगेका हुन् ।
कार्यदलमा रावलले माधव नेपाल पक्षबाट नेतृत्व गरेका थिए ।
रावल बालुवाटार पुग्दै गर्दा माधव नेपाल भन...