काठमाडौँ – मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। एमाले निर्वाचन क्षेत्र–१ कमिटिले रावलको नाम सर्वसहमत एकल सिफारिस गरेको हो। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अछाम १ बाट शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ।