काठमाडौं : शिक्षक पेशा जति सम्मानित छ, त्यसअनुसार शिक्षकहरूले सेवा सुविधा पाउँदैनन्। उनीहरू ऐनअनुसार तलब सुविधा पाउँदैनन्। उनीहरू कहीँ न कहीँ पीडित छन्। अहिले तिनै सम्मानित पेशामा रहेका निजी विद्यालयका शिक्षकहरू चरम आर्थिक शोषणमा पर्न बाध्य भएपछि भने बोल्न थालेका छन्। शिक्षा ऐन, २०२८ संशोधितसहित २०७५ को दफा १२ को उपदफा (७) को (छ) मा सरकारले तोकेको तलब स्केल निजी विद्यालयका शिक्षकहरूलाई दिनुपर्ने व्यवस्था छ। दफा १२ को उपदफा (७) को (छ) मा भनिएको छ, ‘नेपाल सरकारले तोकिएको