काठमाडौं, पुस २ । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता प्रकृतिका व्यक्तिलाई बुस्टर मात्रा लगाउने कि अतिरिक्त मात्रा भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाएको छ […]